काठमाण्डौं— गृहमन्त्री ओमप्रकाश अर्यालको सक्रियतामा प्रतिनिधिसभा सदस्य निर्वाचनशान्तिपूर्ण, भयरहित व्यवस्थित ढंगले सम्पन्न गर्न तीनवटै सुरक्षा निकायका लागि आवश्यकसवारीसाधन खरिद प्रक्रिया तीव्र गतिमा अघि बढेको छ। गृह मन्त्रालयको पहलपछि अर्थमन्त्रालयले आगजनीमा परेर ध्वस्त भएका सवारीसाधन तथा अत्यावश्यक नयाँ सवारी खरिदकालागि आवश्यक अनुमति प्रदान गरिसकेको छ।

गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीका लागि नियमित बजेटबाट १५६ सवारीसाधन थप १०६वटा सवारीसाधन खरिदका लागि कुल रु. ८० करोड ४१ लाख बजेट स्वीकृत भएको छ। त्यस्तै, सशस्त्र प्रहरीका लागि ५९ सवारी खरिदका लागि २१ करोड लाख साथै थप ५० सवारीका लागिपाँच करोड लाख बजेट उपलब्ध भएको छ। राष्ट्रिय अनुसन्धान विभागलाई वटा चारपांग्रेसवारीका लागि दुई करोड ८० लाख स्रोत अनुमति प्राप्त भएको छ।

जेनजी प्रदर्शनतर्फ, देशभर ४६५ प्रहरी कार्यालय तथा ५७१ सवारीसाधनमा क्षति पुगेकोमाकात्तिकसम्म ४४९ कार्यालय पुनः सञ्चालनमा आइसकेका छन्। सशस्त्र प्रहरीका ८४ कार्यालय ६१ सवारीसाधन, तथा अनुसन्धान विभागका दुई भवन ४१ सवारीसाधनमा क्षति पुगेकोतथ्यांक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय