काठमाडौँ । काठमाडौँ उपत्यकाबाट चोरी भएका तथा हराएका ५० ओटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले उपत्यकाका विभिन्न स्थानबाट ती मोटरसाइकल फेला पारेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिनुभयो।

बरामद गरिएका सबै मोटरसाइकलहरू आज एक विशेष कार्यक्रमका बिच सम्बन्धित धनीहरूलाई हस्तान्तरण गरिने उपत्यका ट्राफिक कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय