काठमाण्डौं— जेन–जी आन्दोलनका क्रममा सिंहदरबारबाट लुटिएको सामग्री बागबजारस्थित सरल शिक्षा एकेडेमीबाट बरामद गरिएको छ। प्रहरीका अनुसार एकेडेमीबाट एउटा प्रिन्टर फेला परेको हो। प्रहरीले प्रिन्टरको मुचुल्का उठाई बरामद गरेको जनाएको छ।

प्रहरी वृत सिंहदरबारबाट खटिएको टोलीले केही घण्टाअघि मात्र एकेडेमीमा छापा मारेको हो। उक्त एकेडेमीकी सञ्चालक उषा भट्ट रहेकी छन्, तर उनलाई प्रहरीले पक्राउ गरेको छैन।

प्रहरीका अनुसार एकेडेमीका केही कर्मचारीले यसअघि पनि सिंहदरबारबाट चोरी गरी ल्याएका अन्य सामग्री फिर्ता गरेका थिए। प्रहरीको उर्दीपछि ती सामग्री एकेडेमीले पहिले नै प्रहरी कार्यालयमा बुझाएको थियो।

वृत्त प्रमुख डिएसपी जनार्दन घिमिरेले यसअघि एकेडेमीले एउटा प्रिन्टर फिर्ता गरेको र हाल पनि त्यस्तै सूचना प्राप्त भएपछि थप सामग्रीको बुझाइ प्रक्रिया जारी रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय