
काठमाडौं । पछिल्ला तीन महिनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का करिब एक हजार सुरक्षाकर्मीले सेवाबाट राजीनामादिएका छन् । नेपाल प्रहरीका झन्डै साढे चार सय र एपीएफका साढे पाँच सयजति अधिकृत तथा जवानले विभिन्न कारण देखाउँदै राजीनामादिएका हुन् ।
राजीनामा दिनेहरूमा कोहीले करिब २० वर्षको सेवा पूरा गरेपछि स्वेच्छिक रूपमा बाहिरिएका छन् भने कोहीले पाँच वर्षभन्दा कम सेवा अवधिपूरा गरी राजीनामा दिएका छन् ।

दुवै सुरक्षा निकायका अनुसार अधिकांश सुरक्षाकर्मीले ‘घरायसी’ वा ‘व्यक्तिगत’ कारण जनाउँदै सेवाबाट बाहिरिने इच्छा व्यक्त गरेका छन्। केही दिनअघि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले पनि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकाछन् । उनको राजीनामा स्वीकृत प्रक्रिया अहिले चलिरहेको छ ।



