
काठमाण्डौं—भदौ २४ गतेको हिंसात्मक प्रदर्शनपछि काठमाडौंको चुच्चेपाटी, सुनसरीको इटहरी र मोरङमा भेटिएका १२ जलेका शवको डेढ महिनासम्म पनि पहिचान खुल्न सकेको छैन।
शवहरू पूर्ण रूपमा जलेका र आफन्तले दाबी नगरेकाले डीएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ। चुच्चेपाटीमा भेटिएका ७ शव त्रिवि शिक्षण अस्पतालमा राखिएका छन् भने इटहरीमा ४ र मोरङमा १ शव भेटिएका थिए।

प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, शवहरू लगभग अस्थिपञ्जर मात्र अवस्थामा फेला परेका हुन् र मृत्युको कारण अझै स्पष्ट छैन।



