
कोहलपुर, बाँके — कोहलपुर नगरपालिका वडा नं. १५, चौधरीयागाँउ स्थित लक्ष्मी प्रसाद बोहराको पुरानो कुखुराको फार्ममा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर बाट प्रहरी टोली खटिएर कार्यवाही गरेको छ।
प्रहरीले नगद रु. २,८८,८३५ (दुई लाख अठासी हजार आठ सय पैतिस) सहित ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दिपक पातली ले जानकारी दिनुभयो।

घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको समेत कोहलपुर प्रहरी प्रमुख चक्र डमरपाल ले जानकारी दिनुभयो।



