सुरक्षा सरोकार , असोज ३१। आज ७० औं प्रहरी दिवस देशभरका प्रहरी कार्यालयमा भव्यताका साथ मनाइएको छ। यसै अवसरमा, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) एक नारायण कोईरालाले आफ्नो कार्यालयमा विशेष कार्यक्रम सम्पन्न गरी तत्पश्चात फिल्डमा निस्केर बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।

असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण इलाम जिल्लाको देउमाई नगरपालिकाका विभिन्न क्षेत्रहरूमा घर, सडक खण्ड र भौतिक संरचनामा क्षति पुगेको थियो।

जिल्ला प्रशासन कार्यालय इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र एसपी कोईरालासहितको सुरक्षा निकाय टोलीले प्रभावित क्षेत्रको अनुगमन तथा अवलोकन गर्दै क्षतिग्रस्त घर, सडक खण्ड र वैकल्पिक बाटोहरूको अवस्था निरीक्षण गरेका छन्। टोलीले राहत, पुनर्निर्माण र सुरक्षाका उपायहरूको सुनिश्चितता गर्ने कार्यमा विशेष ध्यान दिएका छन्।

उक्त कार्यका लागि एसपी कोईरालाको सक्रियता, जिम्मेवारी र समर्पणको स्थानीय प्रशासन, सुरक्षा निकाय र समुदायले प्रशंसा गरेको छ। उनका कुशल नेतृत्व र तत्पर योगदानले स्थानीय जनताको मनोबल बढाएको साथै सुरक्षा र राहत कार्यमा प्रभावकारीता सुनिश्चित गरेको मानिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय