
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त कीर्तिपुरका प्रमुख डीएसपी राजुबाबु महर्जनलाई फिर्ता बोलाएको छ।
महर्जनलाई कार्यरत वृत्तबाट फिर्ता बोलाई केन्द्रको उजुरी छानबिन शाखामा तानेको प्रहरी स्रोतले जनाएको छ। सोही निर्णयसँगै डीएसपी शिवकुमार बुढाथोकीलाई नयाँ वृत्त प्रमुखका रूपमा कीर्तिपुर पठाइएको छ।

प्रधान कार्यालयको ताजा निर्णयअनुसार अब कीर्तिपुर प्रहरी वृत्तको नेतृत्व डीएसपी बुढाथोकीले सम्हाल्ने भएका छन्।
नेपाल प्रहरीले पछिल्ला दिनमा विभिन्न वृत्त र युनिटहरूमा अधिकृतहरूको काज सरुवा र फेर्नी प्रक्रिया तीव्र गतिमा अगाडि बढाएको छ।



