काठमाडौं राष्ट्रिय मानव अधिकार आयोगले देशको शान्ति सुरक्षा सुदृढ बनाउन सरकारसँग गम्भीर अपिल गरेको छ। आज एक विज्ञप्तिमार्फत आयोगले हालका गतिविधिहरूको विश्लेषण गर्दै, आगामी दिनमा शान्ति सुरक्षामा पर्न सक्ने असर मानव अधिकारको संरक्षणमाआएका सम्भावित अवरोधलाई ध्यानमा राखेर सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ।

आयोगले शान्ति सुरक्षाको मजबूतीका लागि सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने धैर्यतापूर्वक, संयमित तरिकाले आवश्यककदमहरू लिन सरकारलाई निर्देशन दिएको छ।

आयोगले गत भदौ २३ २४ गते भएका हिंसात्मक घटनाहरू आगजनीका कारण मानव अधिकारको उल्लंघनको अनुसन्धानलाई तीव्रबनाउने निर्णय गरेको जनाएको छ। आयोगले यस घटनामा संलग्न सबै पक्षसँग तथ्य जानकारी संकलनको कार्यलाई निरन्तरता दिनेप्रतिवद्धता व्यक्त गरेको छ।

हिंसात्मक गतिविधिहरू, अरूप्रति लक्षित नकारात्मक टिप्पणी घृणायुक्त अभिव्यक्तिहरूले सामाजिक सद्भावमा खलल पुर्याउँछन् राजनीतिक वातावरणलाई अप्ठ्यारो बनाउँछन्, जसले शान्ति सुरक्षा विधिको शासनमा प्रतिकूल असर पार्न सक्छ,” विज्ञप्तिमा भनिएकोछ।

आयोगले सार्वजनिक व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्नु, विधिको शासनलाई मजबुत बनाउनु सामाजिक सद्भाव कायम राख्दै स्वच्छराजनीतिक प्रतिस्पर्धासँगै वर्तमान संक्रमणकालीन अवस्थाबाट समाधान निकाल्नु राज्यको दायित्व भएको बताएको छ। यसका लागिनागरिकहरूको पनि सक्रिय सहभागिता सहयोग अपेक्षित रहेको जनाइएको छ।

आयोगले आगामी दिनमा आयोजना गरिने प्रदर्शनलाई मर्यादित संयमित बनाउन, घृणायुक्त अभिव्यक्तिहरूको अन्त्य गर्न, सामाजिकसद्भाव कायम राख्न जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामा सहभागी हुन राजनीतिक दल समूहलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय