
काठमाडौं । प्रभावकारी सुरक्षा व्यवस्था गर्न नसकेको आरोपमा ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोका डीएसपी रामकुमार यादवलाई हटाइएको छ ।
जेनजी आन्दोलनका क्रममा डीएसपी यादवको नेतृत्व क्षमतामाथि प्रश्न उठेपछि उनलाई जिम्मेवारीबाट हटाइएको प्रहरी स्रोतले जनाएको छ ।

उनको स्थानमा काबिल महिला प्रहरी अधिकृतका रूपमा परिचित डीएसपी पूर्णिमा चन्दलाई खटाइएको छ । डीएसपी चन्द यसअघि जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रशासन शाखामा कार्यरत थिइन् ।
त्यसभन्दा अघि उनले प्रहरी वृत्त स्वयम्भूको नेतृत्व सम्हालेकी थिइन् । उनलाई व्यावसायिकता, अनुशासन र परिणाममुखी नेतृत्वका कारण प्रहरी संगठनभित्र दक्ष र सक्रिय महिला प्रहरी अधिकृतका रूपमा चिनिन्छ ।



