२१ असोज, काठमाडौं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को हालै सम्पन्न बैठकमा सुरक्षासम्बन्धी महत्त्वपूर्ण सुझावहरू अघिसारिएका छन्। बैठकमा सहभागी विज्ञहरूले नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बललाई विपद् व्यवस्थापनमा अझ प्रभावकारी बनाउने उद्देश्यलेआवश्यक तालिम समयानुकूल उपकरणहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन्।

परिषद्का विज्ञ सदस्य गंगालाल तुलाधरले सुरक्षाकर्मीहरूलाई आधुनिक उपकरण दक्ष तालिमद्वारा सुसज्जित गर्नुपर्नेमा जोड दिएका छन्। विपद्का बेलासुरक्षाकर्मीहरूले सीमित स्रोतसाधनमा पनि उल्लेखनीय योगदान दिएको उल्लेख गर्दै उनले नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीलाई स्यालुट गर्नुपर्ने बताए।

तुलाधरका अनुसार विपद्को बेलामा प्रधानमन्त्रीद्वारा देखाइएको सक्रिय नेतृत्वले ठूलो क्षति हुनबाट मुलुकलाई जोगाउन सकिएको उल्लेख गर्दै, आगामी दिनमाथप प्रभावकारी तयारी आवश्यक रहेकोमा सबै पक्षको ध्यानाकर्षण गराइएको छ।

सुरक्षा निकायको दक्षता, उपकरण समन्वय क्षमताको सुदृढीकरणले मात्रै विपद् व्यवस्थापनलाई बलियो बनाउन सकिने सुझाव बैठकमा प्रमुख रूपमाउठाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय