काठमाडौँ, असोज २०भदौ २३ गते भएको जेनजी आन्दोलनमा भएको प्रहरी हस्तक्षेपपछि मृतक संख्याबारे उठेका प्रश्नसँगै त्यसबारे जवाफदेहीको माग उच्चबन्दै गइरहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रमेश लेखकविरुद्ध कारबाहीको विषयमा गृह मन्त्रालयभित्रै तीव्र बहस चलिरहेको छ।

जेनजी अभियन्ताहरूले तत्कालीन नेतृत्वमाथि प्रदर्शनकारीको दमनमा संलग्न भएको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत पक्राउको मागसहित व्यापकअभियान चलाइरहेका छन्। यही सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि पूर्वप्रधानमन्त्री ओली गृहमन्त्री लेखकलाई पक्राउ गर्न सकिन्छ कि भन्ने प्रश्नउठाउँदै

प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ।

सोमबार साँझ अभियन्ता सुदन गुरुङसहितको टोलीले काठमाडौँ जिल्ला प्रहरी परिसरमा ओलीलेखकविरुद्ध जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले त्यो स्वीकारनगरेको बताइएको छ। प्रहरीका अनुसार यस्तो प्रकृतिको मुद्दा दर्ता गर्न केन्द्रीय सुरक्षा समितिको लिखित आदेश आवश्यक पर्ने जनाएको छ।

प्रधानमन्त्रीको आकस्मिक बैठक

सोमबार राति प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा गृहमन्त्री अर्यालसहित सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक छलफल गरिन्। छलफलमा गृहमन्त्रीअर्याललेआजै पक्राउ गर्न मिल्दैन?” भन्ने प्रश्नसमेत गरेका थिए, तर सुरक्षानिकायहरूले प्रत्यक्ष जवाफ दिन नसकेको स्रोतको भनाइ छ।

छानबिन आयोग बनिसकेको, तर दबाब कायमै

जेनजी आन्दोलनको घटनामा छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन भइसकेको छ। तर आन्दोलनकारीहरूको मागछानबिन नतिजा नआउँदै कारबाही थाल्नुपर्नेमा छ।

अहिले सरकार भित्र तत्काल एक्सन लिने कि छानबिन प्रतिवेदन कुर्ने भन्ने विषयमा अन्तिम निर्णय भइनसकेको गृह मन्त्रालय स्रोतले जनाएको छ।आन्दोलनकारीहरूको दबाब निरन्तर बढ्दो अवस्थामा सरकारको आगामी कदमले ठूलो राजनीतिक सन्देश दिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय