
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत हुने विभिन्न प्रकारका ठगी घटनाबारे पुनः सचेत रहन आग्रह गरेको छ।
ब्युरोले हाल सामाजिक सञ्जालमा आकर्षक प्रलोभन देखाएर ठगी गर्ने गिरोहहरू सक्रिय रहेको जनाउँदै त्यसबाट सावधान रहन सर्वसाधारणलाई अनुरोध गरेको हो।

सूचनामा भनिएको छ, “सामाजिक सञ्जाल फेसबुकका Sponsored Ads मार्फत विभिन्न चर्चित इ-कमर्स प्लेटफर्महरूको नाम दुरुपयोग गरी Task का नाममा बारम्बार रकम लगानी गर्न लगाउने, घरमै बसेर कमाउन सकिने झूटो आश्वासन दिने जस्ता ठगी प्रवृत्ति बढ्दो भएकाले प्रयोगकर्ताहरूलाई यस्ता प्रलोभनमा नपर्न अनुरोध गरिन्छ।”
साइबर ब्युरोले यसअघि पनि सामाजिक सञ्जालबाट हुने ठगीका घटनाबारे बेला–बेला सचेतना जारी गर्दै आएको जनाएको छ।



