काठमाडौँजेनजी अगुवा सुदन गुरुङ नेतृत्वको समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रमेश लेखक विरुद्ध फौजदारी अभियोगमा जाहेरी दर्तागराउने प्रयास सँगै काठमाडौँमा सुरक्षा सतर्कता उच्च बनाइएको छ।

सोमबार उक्त समूहले काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसर पुगेर जाहेरी दर्ताको माग गर्दै दबाब दिएको थियो। समूह प्रहरीले गरेको अनौपचारिकसंवादपछि उत्पन्न संवेदनशीलताको आधारमा प्रहरीले सुरक्षा व्यवस्थामा सतर्कता बढाएको हो।

प्रहरी स्रोतका अनुसार सम्भावित विरोध प्रदर्शन वा अप्रत्याशित गतिविधिको पूर्वानुमान गर्दै सुरक्षा रणनीति कडाइ गरिएको छ। मुख्यतः सरकारी निकाय, संवेदनशील क्षेत्रहरू प्रमुख नेताहरूको सुरक्षामा विशेष ध्यान दिइएको जनाइएको छ।

यस घटनालाई लिएर काठमाडौँ उपत्यकामा शान्तिसुरक्षा कायम राख्न प्रहरीले निगरानी थप कडा बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय