सुरक्षा सरोकार— नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी रही कारागारबाट फरार भएका सन्देश शर्मा पक्राउ परेका छन्।

भदौ २४ गते केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई पक्राउ गरेसँगै पुनः कारागार पठाउने प्रक्रिया जारी छ।

यसअघि सो प्रकरणमा मुख्य प्रतिवादीहरू सानु भण्डारी र केशव दुलाललाई पनि प्रहरीले पक्राउ गरी कारागारमा पठाइसकेको छ।

त्यसैगरी पूर्व उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डे पनि फरार सूचीमा रहेका थिए, तर उनीहरू पछि आफैं उपस्थित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय