हेटौंडा । बागमती प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सवारीसाधनलाई प्रतिस्थापन गर्न प्रहरी कार्यालयलाई मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको छ।

करिब ३ करोड रुपैयाँ बराबर मूल्य पर्ने ८५ वटा मोटरसाइकल खरिद गर्ने निर्णय भएको हो। चाडपर्वको समयमा सुरक्षा चुनौती संवेदनशील हुने भएकाले यो निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो।

यस अन्तर्गत बागमती प्रदेशका इलाका प्रहरी कार्यालयलाई ३०, उपत्यका प्रहरीलाई ३० र उपत्यका ट्राफिक प्रहरीले २५ वटा मोटरसाइकल पाउनेछन्। अधिकतम १६० सीसी क्षमताको र ३ लाख ५० हजार रुपैयाँसम्म मूल्य पर्ने मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय