
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८३५ ग्राम अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ४८ वर्षीय भारतीय नागरिक रोनक मदनी रहेका छन्। उनलाई मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत काठमाडौं आएका मदनीलाई आगमन भन्सार एरियामा जाँच गर्ने क्रममा शंका लागी नियन्त्रणमा लिइएको हो। त्यसपछि केएमसी अस्पतालमा लगेर गरिएको भिडियो एक्स–रे परीक्षणमा उनको मलद्वारबाट ३ वटा डल्लामा राखिएको सुन बरामद भएको प्रहरीले जनाएको छ।



