काठमाडौँ । एमएडब्ल्यु फाउण्डेसनले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई १० थान मोटरसाइकल हस्तान्तरण गरेको छ।

आइतबार आयोजित कार्यक्रममा वर्तमान परिस्थितिमा स्रोत साधनको अभावले ट्राफिक व्यवस्थापन र सुरक्षित आवागमनमा परेको असरलाई मध्यनजर गर्दै, फाउण्डेसनले मोटरसाइकल हस्तान्तरण गरेको हो।

कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई मोटरसाइकल हस्तान्तरण गरिएको थियो। कार्यक्रममा फाउण्डेसनका अध्यक्ष विष्णु कुमार अग्रवाल, संस्थाका पदाधिकारीहरू, तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीसहितको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय