काठमाडौं । २३ र २४ भदौमा जेन-जी पुस्ताले गरेको आन्दोलनमा ६ सय १० जना प्रहरी घाइते भएका छन् । नेपाल प्रहरीका तीन सय ८४ र सशस्त्र प्रहरी बलका दुई सय २६ जना घाइते भएका हुन् ।

नेपाल प्रहरीका घाइतेमध्ये ६४ जना अझै अस्पतालमा उपचाररत छन् भने सशस्त्र प्रहरीका पाँच जना अझै अस्पतालमै छन्, गृह मन्त्रालय स्रोतले जनाएको छ ।

२३ गते बानेश्वरमा भएको प्रदर्शनका क्रममा आन्दोलनकारीको ढुंगाबाट केही प्रहरी घाइते भएका थिए । तर २४ गते त स्थिति झन् उग्र बनेको थियो । आन्दोलनकारीले सिंगो प्रहरी कार्यालय नियन्त्रणमा लिएर कुटपिटसमेत गरेका थिए । प्रहरी वृत्त बानेश्वरका प्रहरीलाई त बागमती नदीमा हुलेर ढुंगासमेत प्रहार गरिएको थियो ।

भ्रष्टाचारविरुद्धको आन्दोलनमा प्रहरीले ठूलो क्षति व्यहोर्नु परेको छ । उक्त आन्दोलनमा तीन प्रहरीले ज्यान गुमाएका थिए । आन्दोलनकारीले काठमाडौं उपत्यकाका अधिकांश प्रहरी कार्यालय जलाएका थिए भने प्रहरीका पोसाक र हतियारसमेत लुटिएका थिए ।

यति ठूलो क्षति बेहोर्नुपरे पनि प्रहरी उच्च मनोबलका साथ आफ्नो कर्तव्यमा तैनाथ भइरहेका छन् । यो प्रहरीको साहस र समर्पणको प्रशंसनीय उदाहरण बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय