सबैको लागि जति गुणगान गाउनुपर्ने थियो गाइयो, तर नेपाल प्रहरीले गरेको त्याग कसैले देख्यो त? नेपाल प्रहरीले दिएको बलिदान कसैले सम्झ्यो त? अहँ, कसैले देखेनन्, कसैले सम्झेनन्।

Gen-Z को पहिलो दिनको आन्दोलनमा गोली प्रहारको दोष कसलाई लगाइयो? प्रहरीलाई नै। तर प्रश्न उठ्छ—यदि नेपाल प्रहरीले आफूखुशी गोली प्रहार गर्ने चाहना राखेको भए, आन्दोलनको दोस्रो दिन किन तिमीहरूलाई मनपरी गर्न दिइयो?

किन आफ्नै सम्पूर्ण साधन सकिँदासम्म पनि मौन रह्यो? यसको उत्तर कसैले खोज्ने आँटसम्म गरेन। गरियो त केवल—१/२ जना भ्रष्ट प्रहरीको कार्यलाई टिका-टिप्पणी, अनि सम्पूर्ण संगठनलाई दोषारोपण।

नेपाल प्रहरीले चाहेको भए Gen-Z आन्दोलनमा कति आमाको कोख रित्याउँथ्यो, कति श्रीमतीलाई विधुवा बनाउँथ्यो। तर प्रहरीले त्यस्तो चाहेन्, किनभने प्रहरीलाई पनि परिवर्तन आवश्यक छ भन्ने थाहा थियो।

नुनको सोझो गर्ने प्रहरीहरूलाई आन्दोलनकारी जो कोही भए पनि शत्रु देखिएनन्। तर सम्झनुपर्छ—आन्दोलनको अन्तिम दिन, नेपालको इतिहास बोकेका सेता घरहरू खरानी भए, प्रहरीका थुप्रै भवनहरू जलेर नष्ट भए।

त्यो दिन पनि प्रहरी मौन रह्यो। तिमीहरूले कति प्रहरीलाई कुट्यौ, कति प्रहरीलाई लुट्यौ, कति प्रहरी शहीद भए—तर प्रहरी अझै मौन छ ।किनकि प्रहरीलाई पनि थाहा छ—यो देशलाई नयाँ युग चाहिएको छ।

अन्ततः, यो परिवर्तनमा नेपाल प्रहरीको भूमिका पनि उत्तिकै गम्भीर र ऐतिहासिक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय