
काठमाडौँ — उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६ ओटा दुईपाङ्ग्रे सवारीसाधन (१ मोटरसाइकल र ५ स्कुटर) प्रहरीले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
प्रहरी प्रभाग बुढानिलकण्ठका अनुसार, दर्ता भएका निवेदनका आधारमा खोजतलास गर्दा सवारीसाधनहरू फेला पारिएको हो। केही सवारीसाधनहरू वास्तविक नम्बर प्लेटमै सोही क्षेत्रमा विभिन्न स्थानबाट बरामद गरिएको प्रहरीको भनाइ छ।

गत साउन महिनादेखि हालसम्म फेला परेका ६ ओटा सवारीसाधन धनीलाई जिम्मा लगाइसकिएको प्रभागका इञ्चार्ज प्रहरी निरीक्षक नारायण बिष्टले जानकारी दिएका छन्।



