काठमाडौँ — नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो महिनामै उल्लेखनीय मात्रामा राजश्व संकलन गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार साउन महिनाभर विभिन्न शीर्षकअन्तर्गत कुल ६१ करोड ९ लाख ५४ हजार ७४३ रुपैयाँ राजश्व खातामा दाखिला गरिएको छ।

प्रहरीका अनुसार हुण्डी कारोबार नियन्त्रण, अदालती फैसला कार्यान्वयन, ट्राफिक कारबाही, अवैध सुनचाँदी बरामद, अवैध मालसामान र अवैध पशुपंक्षी नियन्त्रणजस्ता गतिविधिबाट यो राजश्व संकलन भएको हो।

गैरकानुनी कारोबार र आपराधिक गतिविधि नियन्त्रणसँगै प्रहरीको यो कदमले राज्यको आम्दानीमा उल्लेख्य योगदान पुर्‍याएको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय