काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक महिलाले दिएको उजुरीको आधारमा पक्राउ पूर्जी जारी भएपछि पाँडे बुधबार साँझ आफैं साइबर ब्युरोमा उपस्थित भएका थिए ।

ब्युरोका प्रवक्ता दिपकराज अवस्थीका अनुसार महिलाले पाँडेमाथि गालीगलौज र अपशब्द प्रयोग गरेको आरोप लगाएकी थिइन् ।

“सोही उजुरीका आधारमा उहाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । उहाँ आफैं ब्युरोमा उपस्थित हुनुभएको हो,” अवस्थीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय