
बाँके, कोहलपुर — यस क्षेत्रकै प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा १५ शैयाको महिला डेडिकेटेड H&H अस्पताल सञ्चालनमा आएको छ।
अस्पतालमार्फत महिलाहरुका स्वास्थ्य सेवामा सहज, सरल, छिटोछरितो, सर्वसुलभ र गुणस्तरीय उपचार प्रदान गर्ने लक्ष्य राखिएको छ। साथै, अन्य स्वास्थ्य सेवासमेत उपलब्ध हुने भएकाले कोहलपुर आसपासका नागरिकहरूले नजिकै गुणस्तरीय स्वास्थ्य सुविधा पाउने विश्वास गरिएको छ।




