डडेल्धुरा — अमरगढी नगरपालिका–१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही नगरपालिका–१ का ३८ वर्षीय मान बहादुर साउदसहित पाँच जना छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले उनीहरूलाई नगद ३७ हजार ७८५ रुपैयाँ र २०८ पत्ता ताससहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय