उदयपुर — त्रियुगा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ।

चौदण्डीगढी नगरपालिका–६ कालीखोलाका ३० वर्षीय सुरज राई सोमबार साँझ नुहाउने क्रममा बेपत्ता भएका थिए। उनको शव मंगलबार बिहान फेला परेको हो।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक बबिन राईका अनुसार सुरज राई त्रियुगा नदीको शिवाई–बेल्हा जोड्ने भाँचिएको पुलमुनि नुहाउने क्रममा डुबेका थिए।

प्रहरी निरीक्षक राईले जानकारी दिँदै भने, “सशस्त्र प्रहरी बल एक नं. बराहा बाहिनी, इटहरीका सई लेकजंग कार्कीको नेतृत्वमा खटिएको गोताखोर टोलीले पानीमुनीबाट शव निकाल्न सफल भयो।”

उनी अनुसार शव हाल पोस्टमार्टमका लागि बेल्टारस्थित नगर अस्पतालमा ल्याइएको छ। पोस्मार्टमपछि शव परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय