
काठमाडौं । के तपाईको मुखमा साना-साना बिबिरा, फोका-फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना-कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएको छ ? यस्ता घाउ खटिराको समस्या बढेर जटिल समस्या पनि आउन सक्छ । घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ। त्यसैले मुखको घाउ, खटिराबाट छुटकारा पाउन निम्न उपाय अपनाउनुहोस्ः
- मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्न
- पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने
- हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने
- मह घाउमा लपक्क लगाउने
- बढी चिल्लो नखाने
- हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने
- पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
- बदाम भिजाएर खाने
- निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
- जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने।
- यसका बावजुद बारम्बार समस्या भइरहेमा चिकित्सकको परामर्श लिने । विभिन्न एजेन्सीको सहयोगमा





