बैतडी । गृहमन्त्री रमेश लेखकले आज बैतडीस्थित जिल्ला प्रहरी कार्यालय (जिप्रका) को अनुगमन तथा निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा गृहमन्त्री लेखकले जिप्रकासहित जिल्लाका अन्य प्रहरी इकाइहरू तथा समग्र शान्ति–सुरक्षाको अवस्थाबारे जानकारी लिएका हुन्। प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार निरीक्षण भ्रमण बिहानै सम्पन्न गरिएको हो।

जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले गृहमन्त्रीसमक्ष जिप्रकामा महिला, बालबालिका सेवा केन्द्र तथा ब्यारेक भवन निर्माणको आवश्यकता र भवन अभावको विषयमा जानकारी गराएका थिए।

प्रतिक्रिया स्वरूप गृहमन्त्री लेखकले आफ्नो कार्यकालमै उक्त संरचनाहरू निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय