
नुवाकोट । नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री शशीधर घिमिरेले इलाका प्रहरी कार्यालय खरानीटारको निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा उहाँले कार्यालयका सम्पूर्ण शाखाहरू अवलोकन गर्दै प्रहरी कर्मचारीहरूलाई सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता तथा कानुन पालना सुनिश्चित गर्न आवश्यक निर्देशन दिनुभएको हो ।
निरीक्षणमा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्री दुर्गाराज रेग्मी पनि सहभागी हुनुहुन्थ्यो । उहाँले प्रहरी सेवालाई नागरिकमैत्री ढंगले अझ प्रभावकारी बनाउन विभागीय निर्देशन प्रदान गर्नुभएको थियो ।

निरीक्षणपछि तादी गाउँपालिकाको सभाहलमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह र विपद् व्यवस्थापनका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम पनि सम्पन्न गरिएको थियो । कार्यक्रममा स्थानीय नागरिकको सहभागिता उल्लेखनीय रहेको थियो ।