काठमाडौँ — जिल्ला अदालत काठमाडौँले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार भएको बयान र थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

पाठक विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आज बिहान आफैँ अदालतमा उपस्थित भएका थिए। उनीविरुद्ध साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार मुद्दा दायर गरेको थियो।

साइबर ब्युरोमा ५९ नम्बरको जाहेरी परेको आधारमा पाठकविरुद्ध एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्मको कैद वा दुवै सजायको मागदाबी गरिएको छ।

जाहेरीमा निवेदकले आफ्नो तस्बिरसहित “हिल्टनमा जयवीर देउवा को पैसा” भन्ने शीर्षक राखी सामाजिक सञ्जालमा सामग्री प्रकाशन गरेर घृणा, द्वेष फैलाउने र चरित्रहत्या गर्ने काम गरिएको आरोप लगाएका छन्।

प्रकाशित सामग्रीमा काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको र दीपक भट्टमार्फत जयवीर देउवा (नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा) पनि सो लगानीमा संलग्न भएको उल्लेख गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय