
रुपन्देही – इलाका प्रहरी कार्यालय रन्यौराको सक्रियतामा लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा रूपन्देहीको शुद्धोधन गाउँपालिका–१ स्थायी घर भई बोडिङ टोलमा बसोबास गर्दै आएका शिव कुमार मल्लाह रहेका छन्।
प्रहरीका अनुसार सूचनाका आधारमा निगरानी गरिएको थियो। अनुसन्धानका क्रममा बोडिङ टोलमै फेला परेका मल्लाहले प्रारम्भिक सोधपुछको क्रममा भाग्न खोजेपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको हो। थप सोधपुछपछि उनले लागूऔषध ब्राउन सुगर साथीको घरमा बेच्ने उद्देश्यले राखेको बताएका थिए।

उनको साथबाट १० ग्राम ६०० मिलिग्राम ब्राउन सुगर भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय रन्यौराको का कार्यालय प्रमुख आदित्य बिष्टले जानकारि दिनु भयो ।
हाल उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमार्फत रुपन्देही जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।



