काठमाडौं ।नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरूसँग प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल जारी छ। समितिले दफावार छलफल अघि संशोधन प्रस्ताव राख्ने सांसदहरूसँग राय संकलन गर्न छलफल थालेको हो।

उक्त विधेयकमा हालसम्म ५२ जना सांसदले विभिन्न बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका छन्। संशोधन सुझावहरू विधेयकको कानुनी संरचना, प्रहरी संगठनको आन्तरिक स्वायत्तता, पारदर्शिता, जिम्मेवारी र नागरिक–मैत्री कार्यप्रणालीसँग सम्बन्धित रहेका छन्।

समितिमा सांसदहरूले विधेयकमा सुधारको खाँचो औंल्याउँदै प्रहरी संगठनको सुधार र नागरिक अधिकारको सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। समितिले सबै संशोधन प्रस्तावहरूको समेटेर अन्तिम प्रतिवेदन तयार पार्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय