
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रहरीको सेवाबाट राजीनामा दिएका छन्।
सहायक हवल्दार पदमा कार्यरत रहेका ऐरीले घरेलु कारण देखाउँदै राजीनामा पेस गरेका हुन्। नेपाल प्रहरीका प्रवक्ता एआइजी विनोद घिमिरेका अनुसार, “उहाँले घरायसी कारण देखाउँदै राजीनामा दिनुभएको हो, राजीनामा स्वीकृत भइसकेको छ।”

दीपेन्द्र सिंह ऐरी २०७३ सालदेखि नेपाल प्रहरीमा आबद्ध थिए। प्रहरी सेवासँगै राष्ट्रिय टिममा उत्कृष्ट प्रदर्शन गर्दै आएका ऐरीले हालसालै निरन्तर क्रिकेटमा समय दिन थालेका छन्।



