
काठमाडौं — काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको करीब ४० लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार, पक्राउ पर्नेमा नुवाकोट घर भएका ३५ वर्षीय श्याम खड्का र ओखलढुंगा घर भएका ३४ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन्।

प्रहरीले उनीहरू आफैंले चलाएको कारमा ठूलो मात्रामा रकम बोकेको सूचना पाएपछि खोजतलास गर्दा ३९ लाख ९९ हजार रुपैयाँ फेला पारेको हो।
पक्राउ परेका दुवै जनासँग बरामद भएको रकमको स्रोत नखुलेको र हाल घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



