कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका अन्तर्गत पचुई प्रहरी चौकीका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक (असई) धीरबहादुर चन्दमाथि तस्कर समूहबाट कुटपिट भएको छ।

भारतबाट अवैध रूपमा सामान ओसारपसारमा संलग्न समूहले असई चन्दलाई सामान जाँच गर्ने क्रममा दिनदहाडै आक्रमण गर्दै कुटपिट गरेको हो।

घटनाको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको अनुसन्धान थालेको छ। प्रहरीले चन्दमाथि आक्रमण गर्ने व्यक्तिको पहिचान भइसकेको बताउँदै उनलाई पक्राउ गरी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रहरीमाथि यस्तो आक्रमणले सीमावर्ती क्षेत्रको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ भने तस्करी नियन्त्रणका प्रयासमा चुनौती थपिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय