
ललितपुर । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीको नेतृत्वमा ट्राफिक प्रहरी परिसर सातदोबाटो, ललितपुर तथा मातहत कार्यालयहरूको निरीक्षण तथा अनुगमन सम्पन्न भएको छ। एसएसपी अधिकारीलाई जिल्ला ट्राफिक कार्यालय ललितपुरका कार्यालय प्रमुख प्रहरी निरिक्षक श्रीराम भट्टले स्वागत गर्नु भएको थियो ।
निरीक्षणको क्रममा एसएसपी अधिकारीले ट्राफिक प्रहरीमा कार्यरत अधिकृत तथा जवानहरूलाई अनुशासित, शिष्ट र सेवामुखी भएर जिम्मेवारीपूर्वक सडकमा खटिन निर्देशन दिनुभएको थियो। उहाँले प्रभावकारी ट्राफिक व्यवस्थापनका साथै सडक दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो।

उक्त ब्रिफिङ कार्यक्रममा एसएसपी अधिकारीले प्रहरी सदस्यहरूको मनोबल अभिवृद्धि गर्ने र जनसेवामूलक कार्यमा अझ जिम्मेवार बन्ने प्रेरणा प्रदान गर्नुभएको थियो।




