काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा हालसम्म सम्पर्कविहीन छन् । अदालतमा मुद्दा चलिरहेको अवस्थामा हाजिरी जमानीमा छुटेका उनीहरू तोकिएको म्यादभित्र प्रहरी वा अदालतमा सम्पर्कमा नआएपछि जिम्मेवार वकिलहरूलाई जरिवाना तिराइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार मिश्र र राणाको जिम्मा लिएका वकिलहरूलाई ५०–५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

गत चैत १५ गते राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि मिश्र र राणा दुबै पक्राउ परेका थिए। हिरासतमा रहेका मिश्रको पक्षमा उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अनुसन्धान सकिएको भन्दै २ जेठमा मिश्रलाई वकिलको जिम्मामा हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो।

यसअघि ७ वैशाखमा धवल शमशेर राणा ‘उपचारको आवश्यकता रहेको’ सरकारी वकिल कार्यालयको रायअनुसार हाजिरी जमानीमा छुटेका थिए।

हाल काठमाडौं जिल्ला अदालतमा उनीहरूविरुद्ध मुद्दा विचाराधीन अवस्थामा रहे पनि दुबैजना सम्पर्कविहीन भएकाले कानुनी प्रक्रिया अनुसार जमानी वकिलहरूलाई जरिवाना गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय