काठमाण्डौं—रुपन्देही कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछानेलाई काठमाडौंस्थित डिल्लीबजार कारागारमा सरुवा गर्ने प्रक्रिया अघि बढाइएको छ। स्रोतका अनुसार लामिछानेलाई पूर्वमन्त्री खुमबहादुर खड्का, बालकृष्ण ढुंगेल र गणेश लामा जस्ता चर्चित पात्रहरू बसेको ऐतिहासिक डिल्लीबजार कारागारमै ल्याइँदैछ।

उनीलाई दिपक मनाङे बसेको ब्लकमा राख्ने तयारी समेत गरिँदैछ। कारागार प्रशासनले सुरक्षा अवस्था, राजनैतिक संवेदनशीलता र अन्य प्राविधिक कारण देखाउँदै उनलाई डिल्लीबजार सार्ने निर्णय गरेको हो।

यो सरुवाले कारागार व्यवस्थापन, सुरक्षा सतर्कता र राजनीतिक तहमा समेत नयाँ तरंग ल्याएको छ। रवि लामिछानेको यस सरुवालाई लिएर उनको पार्टी र समर्थकहरूबीच विभिन्न प्रतिक्रिया देखिन थालेका छन्।

यसअघि लामिछानेविरुद्ध ठगी तथा आपराधिक योजनासम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान भइरहेको छ। हाल उनी न्यायिक हिरासतमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय