
काठमाण्डौं—गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्ड हिरासतमुक्त भएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालयले वस्तुनिष्ठ प्रमाण अभावको कारण उनीहरूमाथि मुद्दा नचलाउने निर्णय गरेपछि बडिगार्ड दीपक खड्का र रामकुमार धिमालसहित ३६ जना आइतबार साँझ रिहा भएका हुन्।

यसअघि जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। तर, सरकारी वकिलको कार्यालयले आरोप पुष्टि गर्न सकिने पर्याप्त प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो।
प्रसाईंका बडिगार्डहरूसँगै पक्राउ परेका अन्य प्रदर्शनकारीहरूलाई पनि मुद्दा नचलाउने निर्णयसँगै एकैसाथ रिहा गरिएको छ।



