
काठमाण्डौं—नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक (डीएसपी) नैनसिंह कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
बैतडीको दोगडाकेदार गाउँपालिका–६, सित्तड पन्ज्युनयाँ स्थायी घर भएका कार्कीले अनलाइनमार्फत सदस्यता लिएर रास्वपामा आबद्ध भएका हुन्।

देशमा सुशासन र समृद्धि दिन स्थापित पुराना पार्टीहरू असफल भएको उल्लेख गर्दै उनले अब देशको जिम्मेवारी रास्वपाको काँधमा आएको धारणा व्यक्त गरे।
कार्कीको पार्टी प्रवेशलाई स्वागत गर्दै रास्वपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री **भोजराज जोशी ‘क्वालिटीु’**ले उनलाई योग्य र सम्मानजनक स्थान दिइने जानकारी दिएका छन्।
पछिल्लो समय नेपाल प्रहरीका पूर्व अफिसरहरू विभिन्न राजनीतिक दलहरूमा सक्रिय रुपमा आबद्ध हुने क्रम तीव्र भइरहेको छ।



