रुपन्देही /सुरक्षा सरोकार  — इलाका प्रहरी कार्यालय, रन्यौरा रूपन्देहीका प्रहरी निरीक्षक आदित्य राज विष्टको सक्रियता, दूरदृष्टि र जनसेवाप्रतिको समर्पणले स्थानीय स्तरमा प्रहरीप्रतिको छवि मात्र परिवर्तन गरेको छैन, प्रहरी सेवालाई नै पुनः परिभाषित गरेको छ।

करिब आठ महिनाअघि जिम्मेवारी सम्हालेका निरीक्षक विष्टको नेतृत्वमा सो क्षेत्रमा अपराध नियन्त्रण, राजस्व संकलन, सामाजिक सचेतना र सार्वजनिक सुरक्षामा उल्लेखनीय सुधार देखिएको छ।

ऐतिहासिक राजस्व संकलन— निरीक्षक विष्टको कार्यकालमा आर्थिक वर्ष २०७९/८० को तुलनामा झण्डै ४०० प्रतिशतभन्दा बढी राजस्व संकलन भएको छ, जुन सम्भवत: रुपन्देही जिल्लाका इलाका प्रहरी कार्यालयहरूमा सबैभन्दा उच्च हो। यसले प्रहरी प्रशासनको चुस्त, पारदर्शी र परिणाममुखी कार्यशैलीलाई स्पष्ट रूपमा उजागर गरेको छ।

लागुऔषध नियन्त्रणमा कठोर र जनमुखी अभियान—

निरीक्षक विष्टले लागुऔषध दुर्व्यसन र यसको कारोबार नियन्त्रणमा विशेष सक्रियता देखाउँदै आएका छन्। उनले प्रयोगकर्ता र कारोबारीहरूलाई अनुसन्धानको दायरामा ल्याई कानुनी प्रक्रिया तीव्र रूपमा अघि बढाएका छन्। साथै, टोल, समुदाय, विद्यालय र स्थानीय तहमा लागुऔषध सम्बन्धी सचेतना अभियान, लैङ्गिक हिंसा नियन्त्रण, बाल विवाह न्यूनीकरण, आत्महत्या निवारण, ट्राफिक सचेतना र दुर्घटना न्यूनीकरणजस्ता बहुआयामिक कार्यक्रमहरू सञ्चालन गरेका छन्। विशेष गरी किशोर–किशोरी र युवाहरू लक्षित कार्यक्रमहरू प्रभावकारी रूपमा प्रस्तुत हुँदै आएका छन्।

शान्ति, सुरक्षा र जनविश्वास— स्थानीयवासीहरूका अनुसार निरीक्षक विष्टको सक्रियता र जनउत्तरदायी कार्यशैलीका कारण वडा स्तरमै शान्ति, सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा गुणात्मक सुधार आएको छ।

निरीक्षक विष्टले देखाएको प्रतिबद्धता, नेतृत्व क्षमता र समाजप्रतिको उत्तरदायित्वले इलाका प्रहरी कार्यालय, रन्यौरा मात्र होइन, अन्य प्रहरी इकाइका लागि पनि प्रेरणाको स्रोत बनेको छ। उनको कार्यशैली आजको नेपाल प्रहरीप्रतिको अपेक्षा र आवश्यकता दुवैको प्रतिक हो — जसले केवल सुरक्षा होइन, सेवा पनि दिन सक्छ।

रन्यौरा क्षेत्रको मात्र नभई समग्र प्रहरी प्रशासनलाई आदर्श बनाउने उनको दृष्टिकोण, कार्यसम्पादन र इमानदार चरित्रबाट जनमैत्री, पारदर्शी र प्रभावकारी प्रहरी सेवा स्थापनाको स्पष्ट संकेत देखिन्छ। सुरक्षा संस्थामाथि स्थानीय तह, समुदाय र नागरिकहरूबीच बढ्दो विश्वासको श्रेय यिनै खालका निष्ठावान, कर्मठ र जनउत्तरदायी प्रहरी अधिकारीहरूलाई जान्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय