बुटवल — नेपाल भ्रमणमा रहेका अष्ट्रेलियन नागरिक Blake S. Winter को हराएको महत्वपूर्ण सामग्री फेला पारेर इलाका प्रहरी कार्यालय, रन्यौराले सम्बन्धित व्यक्तिलाई सुरक्षित रूपमा फिर्ता गरेको छ।

कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै गर्दा बाटोमा उनको पर्स हराएको थियो। उक्त पर्समा ATM कार्ड, ड्राइभिङ लाइसेन्स, अमेरिकी डलर सहितको नगद र अन्य व्यक्तिगत कागजातहरू रहेका थिए। प्रहरीले उनको पर्स सैनामैना नगरपालिका–०२ स्थित सरौली सडक खण्डमा फेला परेको थियो।

कार्यालय प्रमुख प्रहरी निरीक्षक आदित्य बिष्टले विदेशी नागरिक Winter सँग सम्पर्क गरेर पर्स फिर्ता गराउने प्रक्रिया अघि बढाए। सम्पर्कपछि औपचारिक प्रक्रिया पूरा गरी निरीक्षक बिष्टले आज उक्त पर्स सकुशल रूपमा Blake S. Winter लाई बुझाए।

नेपाल प्रहरीले देखाएको सतर्कता, उत्तरदायित्व र इमानदारीप्रति Blake ले गहिरो कृतज्ञता प्रकट गरेका छन्। उनले प्रहरीको सहयोग, मित्रवत व्यवहार र नेपालमा प्राप्त सुरक्षालाई अत्यन्त सकारात्मक रूपमा अनुभव गरेको बताए।

यस घटनाले नेपाल प्रहरीको सेवा–भावना, पारदर्शिता र अन्तर्राष्ट्रिय स्तरमा इमानदारीपूर्ण छविलाई उजागर गरेको छ। साथै, “प्रहरी मेरो साथी” भन्ने नारालाई व्यवहारमै उतारिएको पुष्टि पनि गरेको छ।

यस्ता उदाहरणीय कार्यले नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई सुरक्षा र सहयोगको भरोसा दिलाउनुका साथै, नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय