काठमाडौं — नेपाल प्रहरीका रिक्त एक एआइजी (अतिरिक्त महानिरीक्षक) र ११ डिआइजी (प्रादेशिक प्रहरी प्रमुख) पदमा बढुवा सिफारिस गरिएको छ।

मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले एआइजी पदका लागि शिद्धिबिक्रम शाहलाई सिफारिस गरेको हो।

त्यस्तै, डिआइजी पदमा वरिष्ठ उपरीक्षकहरूको समूहबाट मात्र बढुवा सिफारिस गरिएको छ। डिआइजीमा सिफारिस हुनेहरुमा सुदर्शन कोइराला, दिपक रेग्मी, दिपेन्द्र घर्ती क्षेत्री, ओमबहादुर राना, माधव प्रसाद श्रेष्ठ, दिलिपसिंह देउजा, बिनोद घिमिरे, दिपक बस्नेत, जयराज सापकोटा, सुरेन्द्र गुरुङ र संजीव शर्मा दास रहेका छन्।

यीमध्ये सुदर्शन कोइराला र दिपक रेग्मी बाहेक बाँकी सबैको पृष्ठभूमि राष्ट्रिय अनुसन्धान विभाग (रास्ट्रिय अनुसंधान विभाग) बाट रहेको छ। सोही टोलीका शारदा प्रसाद चौधरी भने यसपटकको बढुवामा समेटिन सकेनन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय