
काठमाडौं, वैशाख २४ —काठमाडौंको विशालबजारस्थित कम्पनी लिमिटेडको भुईं तलाबाट प्रहरीले ४० लाख रुपैयाँभन्दा बढी अवैध नगदसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको कलकत्ताको यादवपुर घर भएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भएका ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ उनीहरुलाई नियन्त्रणमा लिएको हो। परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उनीहरुको साथबाट ४० लाख ३२ हजार ५० रुपैयाँ बरामद गरिएको छ। रकमको स्रोतबारे सोधपुछ भइरहेको प्रहरीको भनाइ छ।



