
सर्लाही, वैशाख २० –सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित रबि होटल नजिकैबाट प्रहरीले एक युवकलाई अवैध हतियारसहित पक्राउ गरेको छ। शनिबार साँझ नारायणपुर प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक किशोरी यादवको नेतृत्वमा खटिएको टोलीले दीपक साहलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका साह पर्सा गाउँपालिका–२ निवासी २३ वर्षीय राजदेव साहका छोरा हुन्। प्रहरीले उनका साथबाट एक थान सानो कटुवा पेस्तोल र सोही हतियारको एक थान गोली बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार, साहलाई प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ। पक्राउ गरिएको स्थान नारायणपुर प्रहरी चौकीदेखि करिब ३.५ किलोमिटर उत्तर–पूर्वतर्फ पर्ने बताइएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अवैध हतियारसहितको पक्राउलाई प्रहरीले सुरक्षा चुनौतीका रूपमा लिँदै आवश्यक सतर्कता अपनाएको बताएको छ।



