महोत्तरी — जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हालै सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) हेरम्ब शर्माले शुक्रबारदेखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन्। उनी जिल्ला प्रहरी कार्यालय कैलालीबाट सरुवा भएर महोत्तरी आइपुगेका हुन्।

पेशागत अनुशासन, दक्षता र प्रभावशाली कार्यशैलीका कारण एसपी शर्मा प्रहरी संगठनभित्र सफल र अनुकरणीय प्रहरी अधिकृतका रूपमा चिनिन्छन्। नेतृत्व क्षमताका साथै उनी समाजमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँ रणनीति तथा अभियान सञ्चालनमा कुशल मानिन्छन्।

प्रहरी सेवा सुधार, शान्ति सुरक्षाको सुदृढीकरण, र समुदाय–प्रहरी साझेदारीलाई अझ सशक्त बनाउने अभियानमा उनी विशेष योगदान दिने अधिकारीका रूपमा परिचित छन्। महोत्तरीमा उनको आगमनसँगै सुरक्षा सुदृढीकरणमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।

स्थानिय जनप्रतिनिधि, सुरक्षा निकायका पदाधिकारी तथा स्थानीय समुदायले पनि एसपी शर्मालाई स्वागत गर्दै जिल्लाको समग्र सुरक्षा अवस्था सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय