काठमाडौं — प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले विभिन्न ११ जिल्लाबाट २१ जना अवैध वित्तीय कारोबारीलाई पक्राउ गरेको छ। ब्यूरोका अनुसार पक्राउ परेकाहरूले कूल १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार रुपैयाँ बराबरको अवैध कारोबार गरेका थिए।

ब्यूरोले मोरङको रतुवामाई नगरपालिका–७, आमबारीबाट ५९ वर्षीय वीरेन्द्रप्रसाद साह र ३१ वर्षीय दीपेन्द्रप्रसाद साहलाई २ अर्ब ८२ करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरको अवैध वित्तीय कारोबार गरेको आरोपमा पक्राउ गरेको हो।

यस्तै, चितवनबाट ६४ वर्षीय गोविन्द्रप्रसाद आचार्य, धनुषाबाट अलितादेवी महतो, ४३ वर्षीय सञ्जीवकुमार महतो, ३५ वर्षीय प्रकाश सिंह, सप्तरीबाट ३५ वर्षीय रामविलास साह तेली, र वीरगञ्जकी ३८ वर्षीया सलमा खातुनसहित अन्यलाई पनि पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

प्रहरीका अनुसार उनीहरू सुनको अवैध कारोबार, करछली, तथा भन्सार चोरी पैठारीमा संलग्न थिए। साथै, अवैध कारोबारबाट आर्जन भएको रकमलाई डिजिटल वालेटहरूमा जम्मा गराएर, रेमिट्यान्स भुक्तानी गर्न अनुमति लिएका विभिन्न मनी ट्रान्सफर सेवाबाट रकम झिकेर कारोबार गर्ने गरेकोसमेत खुलासा भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय