
धनगढी — कैलालीबाट हतकडीसहित फरार भएकी एक थुनुवा महिला भारतबाट पक्राउ परेकी छन्।
मानव बेचबिखन मुद्दामा पक्राउ परेकी ५० वर्षीया मिना शाही दमाई आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कैलालीबाट फरार भएकी थिइन्। उनलाई भारतको पलियाबाट लुकेकै अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दमाईलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको बेला उनी प्रहरीको निगरानीबाट भागेकी थिइन्। फरार भएपछि खोजतलास गर्दै जाँदा उनलाई भारतमा फेला पारिएको हो।
उक्त घटनापछि थुनुवा भाग्न दिएको भन्दै दमाईलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) पढम विष्टले जानकारी दिनुभयो
!



