
काठमाडौं — सांसद माया राई पक्राउ परेको जानकारी प्रहरीले संसद सचिवालयलाई दिएको छ। जिल्ला प्रहरी परिसर, भद्रकालीले सभामुख देवराज घिमिरेलाई पत्र पठाउँदै राई पक्राउ परेको विषयमा सूचित गरेको हो।
प्रहरीले लेखेको पत्रमा भनिएको छ, “उपरोक्त सम्बन्धमा सुमन खनालसमेतको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राईसमेत संलग्न ठगी तथा संगठित अपराध सम्बन्धी कसुर मुद्दामा फरार रहेका प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा वैशाख १३ गते बुढानिलकण्ठ नगरपालिका–१०, कपनस्थित क्षेत्रबाट पक्राउ गरी कार्यालयमा उपस्थित गराइएको छ।”

प्रहरीका अनुसार नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित सांसद माया राईलाई हाल हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।



