
काठमाडौं, वैशाख १३ – जारी शिक्षक आन्दोलनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ। शनिबार दिउँसो काठमाडौंको बिजुलीबजारमा कैलालीको धनगढी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीलाई अन्य शिक्षकहरूले कुटपिट गरेका हुन्।
आपसी मतभेदका कारण करिब १५–२० जना शिक्षकहरूले जोशीलाई कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभूत माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक हुन्। उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन काठमाडौं आएका थिए।

घटनापछि उनलाई तत्कालै प्रहरीको टोलीले उद्धार गरी मिनभवनस्थित सिभिल अस्पताल पु¥याएको एसपी अपील राज बोहराले जानकारी दिए। हाल घाइते जोशी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।



